तुलसीपुर, भदौ २६ । तुलसीपुरमा रहेको गोरखा मा.वि.ले विद्यार्थी र शिक्षकबाट संकलन भएको राहत रकम मेयर विपद व्यवस्थापन कोषमा हस्तान्तरण गरेको छ । वाढीपिडितका लागि सहयोग गर्नु मानविय दायित्व भएको भन्दै विद्यालयका विद्यार्थी एवम् शिक्षकहरुले कोषका संयोजक एवम् मेयर घनश्याम पाण्डेलाई ७१ हजार १ सय ७१ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

gorkha newsचेक हस्तान्तरण कार्यक्रममा वोल्दै गोरखा मावि तुलसीपुरका निमित्त कार्यकारी प्रमुख दुर्गा केसीले दुख र पिडामा परेकालाई सहयोग गर्न पाउँदा खुसी लागेको वताएका थिए भने प्रधानाध्यापक विजय जिएमले आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने वताएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष नवराज लामिछाने ,उपाध्यक्ष डोरवहादुर जिसी, विज्ञान संकाय संयोजक विष्णु भण्डारी, व्यवस्थापन संकाय संयोजक डम्वर डाँगी र विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

हाल सम्म कोषमा ३३ लाख, ६५ हजार ८ सय ४६ जम्मा भइसकेको छ । वाढीपीडितको पुर्नस्थापनाका लागि रकम खर्च गरिने कोषका संयोजक पाण्डेले वताउनु भएको छ । नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग गर्न उहाले सार्वजनिक अपील पनि गर्नुभएको छ ।