काठमाडौं २७ भदौ । नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । आईजीपी बडुवा प्रकरणमा सर्बोच्चबाट मुद्दा हारे लगतै उनले प्रेस विज्ञप्ती जारी गर्दै आफु प्रहरी सेवाबाट अलग भएको जानकारी गराएकाहुन् ।

डीआईजी सिलवाल आफूलाई प्रहरी प्रमुख बनाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए । तर, प्रकाश अर्याललाई महानिरीक्षक बनाउने सरकारको निर्णय सदर गर्दै सर्वोच्चको पूर्ण इजलासले मंगलबार सिलवालको रिट खारेज गरेको थियो ।










