काठमाडौं, २६ भदौ । उत्कृष्ट युवा वर्ष खेलाडीका रुपमा जुडोकी मनिता श्रेष्ठ प्रधान सम्मानित भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७३ मा उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भएकी हुन्।
क्रिकेटका दिपेन्द्र ऐरी, फुटबलका अनन्त तामाङ, भरोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीलाई पछि पार्दै उनी उक्त अवार्ड हात पार्न सफल भएकी हुन् ।










