तुलसीपुर २६ भदौ। प्रदेश नं ५का प्रहरी प्रमुख मिङमा लामाले आर्थिक समृद्धिका लागि राष्ट्रिय उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरेकाछन । उद्योग वाणिज्य संघले प्रदेश प्रहरी प्रमुख सहितको संघिय प्रहरी प्रधान कार्यालयमा कार्यरत उच्च प्रहरी अधिकृतहरुको स्वागतार्थ आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक मिङमा लामाले त्यस्तो कुरा वताएका हुन ।
समग्र प्रदेश नं ५मा शान्ति सुरक्षा कायम गर्नु आफनो प्रमुख कर्तव्यभएको भन्दै शान्ति सुरक्षा र अमनचयनमा कुनै कसर वाँकी नराख्ने वताए । असहज अवस्थाआए प्रहरीलाई सुचना दिन आग्रह गर्दै सुचना प्राप्त गरेपनि शान्तिसुरक्षा कायममा ढिलासुस्तती गर्ने प्रहरी अधिकृत हरुलाई समेत कारबाही गर्ने रणनितिमा आफुरहेको भन्दै ढुक्कभएर निर्धक्कका साथ व्यवसाय सञ्चालन गर्न व्यवसायीहरुलाई सुझाव दिएकाथिए । व्यवसायीहरुलई वढि लोभ नगर्न र अरुको प्रगतिमा ईश्र्यागर्ने नेपाली रुढिवादि
प्रवित्तिलाई त्यागी कानुनले दिएको अधिकार प्रयोग गरि व्यवसायीक प्रतिष्ठालाई वचाएर आफनो व्यवसायलाई सञ्चालन गर्न अनुरोध गरेकाथिए । भौगोलिक वनावट र सुरक्षाका दृष्टिकोणले प्रान्तिय राजधानि केन्द्रका लागि दाङ उपयुक्तरहेको भन्दै संविधान अनुसार प्रादेशिक राजधानि तोक्ने अधिकार प्रदेश सभालाई रहेको वताए ।
कार्यक्रममा उद्योगवाणिज्य संघ तुलसीपुरका संस्थापक अध्यक्ष डिल्लीवहादुर वस्नेतले राप्तीअंचल सदरमुकाम तुलसीपुर केहि समय देखि असुरक्षित वन्दैगएको अवस्थामा तुलसीपुरमा स्थापना हुन लागेको संघिय प्रहरी प्रधान कार्यालयले आफुहरुमा खुसियाली आएको भन्दै निर्भएका साथ व्यवसाय गर्नसक्ने वातावरण श्रृजन ागर्न माग गरेकाथिए । उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष विरवहादुर रावतको अध्यक्षता एवं सघिंय प्रहरी प्रधान कार्यालय ५का प्रहरी प्रमुख मिङमा लामा सघिंय प्रहरी प्रधान कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरी, ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएस पि राजेन्द्र अर्याल, प्रहरी उपरिक्षक रामप्रशाद घर्ति ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक रमेश विष्ट र उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिको केन्द्रिय सदस्यमा निर्वाचीत भएका डम्वर वहादुर डाँगी लगाएतलाई स्वागत सम्मान गरिएको थियो । वाणिज्य संघका महासचिव रुपवहादुर खत्रिको सहजीकरणमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजालले धन्यवाद ज्ञापन गरेकाथिए ।