तुलसीपुर, २६ भदौं । गएको साउन अन्तिम साता आएको बाढीका कारण पीडित भएका तुलसीपुरका १७ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ६ ले उनीहरुलाई राहत स्वरुप प्रतिपरिबार २५ किलो चामल, दाल, नुन, तेललगायतका दैनिक उपभोग्य समाग्रीहरु वितरण गरेको हो । राहत बितरण गरेको छ ।
६ वडा कार्यालयमा सोमवार कार्यक्रमको आयोजना गरी पीडितहरुलाई राहत वितरण गरेको हो ।
बबई गाँउपालिकामा बाढी पिडितलाई लत्ता कपडा तथा सरसफाई सामाग्री वितरण
दाङको बबई गाँउपालिका हापुरेमा बाढी प्रभावित परिवारलाई गैरखाद्य सामाग्री वितरण गरिएको छ ।
अपाङ्ग मानव अधिकार एवं सरोकार मंच नेपाल र ह्याण्डीक्याप ईन्टरनेश्नल नेपालको साझेदारीमा बाढी प्रभावित परिवारको लागि मानविय सहायता कार्यक्रम अन्र्तगत उक्त गाँउपालिकाका ८० घर परिवारलाई आवस्यक सामाग्रीहरु लत्ता कपडा तथा सरसफाईका सामाग्रीहरु वितरण गरिएको हो ।
पिडित परिवारलाई बबई गाँउपालिकाका अध्यक्ष भवनेश्वर पौडेल र नेपाल रेडक्रस उपसाखा हापुरेका सचिव जितेन्द्र बहादुर डाँगीले उक्त सामाग्री वितरण गरेका थिए ।