केहि दिन अघि ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देबे्रतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसंगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन ।

विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने ।, आजको नागरिक लाई उद्दृत गर्दै रातोपाटीमा यो खबर छ ।