SAMSUNG CAMERA PICTURES

इन्द्रेणी संवाददाता
दाङ, १७ भदौ । दाङ जिल्ला हरेक हिसावले उपयुक्त छ । पर्यटन क्षेत्रमा पनि उतिकै सम्भावना छ भनिए पनि यसको विकासका लागि घोराही उपमहानगरपालिकाले खासै महत्व नदिएको देखिएको छ ।

SAMSUNG CAMERA PICTURES
उपमहानगरपालिकाले यहाँको पर्यटन पूर्वाधार विकासमा चालु आर्थिक वर्षका लागि ३० लाख मात्रै बजेट विनियोजन गरेको छ । यो यहाँको पर्यटन क्षेत्रको विकासका लागि अत्यन्त न्यून बजेट हो । 

उपमहानगरपालिकामा पर्यटनको आगमन बढाउन र बसाईलाई गुणात्मक बनाउन यस क्षेत्रमा बहुपक्षीय तवरले सम्बोधन गरिएको दावी गरेको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनका लागि १० लाख विनियोजन गरिएको छ भने पर्यटनसँग जोडिएको घोराही हिलपार्क निर्माणका लागि २० लाख विनियोजन गरिएको छ ।