डोल्पा १६ भदौ। नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को डोल्पा शाखा तदर्थ समिति गठन भएका छ । पत्रकार रामचन्द्र न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको एन्टोजका केन्द्रीय संयोजक धनिराम शर्मा ऋतु विचारले जानकारी दिए ।

21192746_1577641378942236_7690011344244742534_n

समितिको उपसंयोजकमा टेक शाही चयन भएका छन् । यस्तै सदस्यहरु जुनुकुमारी हिराचन,बबिकिशोर गुरुङ, विष्णु देवकोटा, लेख बुढा,योगेन्द्र बुढा,सरोज थापा,सुरेन्द्र ढकाल चयन भएका छन् । यस्तै भेलाले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा संयोजक रामचन्द्र न्यौपानेसहित टेक शाही र जुनुकुमारी हिराचनलाई चयन गरेको छ ।