केशरमान बुढाथोकी
दाङ १६ भाद्र । विश्वकै अग्लो त्रिसुल राखेर चर्चामा आएको दाङ को धारापानी धाम पर्यटकिय स्थल मात्र नभएर सुटिङ्ग स्पट पनि बनेकोछ । धार्मिक पर्यटनको गौरबमय इतिहाँस बाकेको धारापानी धाममा पछिल्लो समय बन्ने चलचित्र र म्युजिक भिडियो हरुको सुटिङ्गका लागि उपयुक्त गन्तव्य मानिन थालेको छ ।
यसै क्रममा हिजो शुक्रबार धारापानी धाम क्षेत्रमा म्युजिक भिडियो “अप्सरा हौ तिमी अप्सरा” गीतको म्युजिक भिडियो सुटिङ्ग भयो । बर्दियामा जन्मेर काठमाडौँ लाई कर्मथलो बनाई भर्खरै मात्र मोड्लिङ्ग क्षेत्रमा प्रवेस गरेकी मनिषा पाण्डेय र चितवनका मोडेल तथा पर्यटन व्यावसायी महेश पराजुलीले मोड्लिङ्ग गरेको म्युजिक भिडियोमा मोडेल मनिषा पाण्डेय अप्सराको रुपमा म्युजिक भिडियोमा प्रस्तुत भएकीछिन । म्युजिक भिडियोमा दाङका नवप्रबेसी कलाकार रुद्र शर्माको समेत प्रस्तुती रहेकोछ ।
चलचित्र निर्देशक एनआर घिमिरेको निर्देशनमा निर्माण हुनलागेको म्युजिक भिडियोको कोरियो ग्राफर सुरेश पाण्डेय रहेका छन् भने निर्माण संयोजक दिलिप कार्की छन् । यस्तै छायांकनमा चर्चित क्यामेरा मेन कृष्ण पाण्डेय रहेका छन् ।