तुलसीपुर, भदौ १६ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा दाङको तुलसीपुरस्थित ज्ञानज्योति उमाविले व्यवस्थापन संकायतर्फ मध्येपश्चिममै उत्कृष्ट नतिजा ल्याएको छ ।
ज्ञानज्योतिकी अस्मिता थापाले कुल ५०० पूर्णाङ्कमा ४३७ अर्थात ८७.४ प्रतिशत अंक ल्याएर मध्यश्चिममै पहिलो भएका कलेजका प्राचार्य सुरेन्द्र जिसीले दावी गरेका छन् ।
यसैगरी कलेजबाट व्यवस्थापन संकाय अन्तर्गत नै समिक्षा देवकोटाले ८४ प्रतिशत र सरगम रेउलेले ८०.२ प्रतिशत अंक ल्याएकी छिन् । उत्कृष्ट नतिजामा साथमा विद्यालयबाट व्यवस्थापन संकाय अन्तर्गत ८ जनाले विशिष्ट श्रेणी ल्याएको व्यवस्थापन संकाय प्रमुख समेत रहेका कलेजका सहप्राचार्य मनोज कुमार केसीले वताए ।
