क्वालालम्पुर १६ भदौ । नेपाल पर्यटन पत्रकार संघ मलेशिया विदेश शाखा आज गठन भएको छ । मलेशियाको क्वालालम्पुरमा भएको एक भेलाले संघको मलेशिया शाखा गठन गरेको हो ।

भेलाले पत्रकार शान्तकुमार बुढामगरको संयोजनमा सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ। समितको संयोजकमा शान्तकुमार बुढामगर, सदस्यहरु गोपालबहादुर पुन,लोक रावत, आइतबहादुर पुन, भिमबहादुर घर्ती, टोपबहादुर बुढा र शेरबहादुर बुढा चयन हुनु भएको छ । संघको मलेशियास्थित नवनिर्वाचित शााखाले राष्ट्रिय महाधिवेशनपछि प्रथम अधिवेशनको मिति तय गर्नेछ ।
पर्यटन क्षेत्रमा क्रियालिश पत्रकारहरुको पेशागत संगठन नेपाल पर्यटन पत्रकार संघको जापानमा यसअघि नै शाखा गठन भैसकेको छ भने, साउदी अरब र अमेरिका अष्ट्रेलियामा पनि छिट्टाको गठन हुने बताइएको छ ।











