इन्द्रेणी संवाददाता
दाङ, १६ भदौ । दाङको घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि अनुमान बजेट १ अर्ब ३५ करोड ८० लाख २५ हजार ल्याएको छ ।

ghorahi-nagarpalika-1जसमध्ये चालुतर्फ ५५ करोड ८९ लाख २० हजार अर्थात कुल बजेटको ४१ दशमलब १६ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै पूँजी निर्माणतर्फ ७९ करोड ९१ लाख ५ हजार अर्थात ५८ दशमलब ८४ प्रतिशत छुट्टाइएको छ ।

पूँजी निर्माणमा छुट्टाइएको बजेट मध्ये सार्वजनिक निर्माण तर्फ ६४ करोड ८४ लाख ७० हजार अर्थात कुल बजेटको ४७ दशमलब ७५ प्रतिशत छुट्टाइएको छ । बाँकी पूँजिगत बजेट रु १५ करोड ६ लाख ३५ हजार अर्थात ११ दशमलब ९ प्रतिशत रकम वडा कार्यालयको भवन निर्माण, जग्गा खरिद, बारुण यन्त्र खरिद र फोहोरमैला व्यवस्थानका लागि प्रयोगमा ल्याईने सवारी साधनको खरिद र र सूचना प्रविधिका क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाइएको छ ।

प्रत्येक वडाको विकासका लागि वडास्तरीय योजना तथा कार्यक्रमका लागि १८ करोड १० लाख ७० हजार कुल बजेटको १३ दशमलब ३३ प्रतिशत छुट्टाइएको छ । त्यसैगरी नगरस्तरीय दीर्घकालीन तथा अल्पकालीन योजनाका लागि ४६ करोड ४४ लाख अर्थात ३४ दशमलब ४२ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

कृषि क्षेत्र
घोराहीको समृद्धिलाई कृषिसँग जोडदै कृषिमा व्यवसायीकरण र आधुनिकरण गर्नको लागि २ करोड ९६ लाख ३८ हजार ४ सय ६० विनियोजन गरिएको छ । यो बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण र आन्तरिक आय दुवै समावेश छ। यसैगरी नगरबासीहरुलाई स्वस्थकर मासुको उपभोगको लागि ‘‘स्वस्थ र स्वच्छ मासु, बधशालादेखि भान्छासम्म’’ अभियानलाई संचालन गर्न निजी क्षेत्रको सहकार्यमा बधशाला निर्माण गर्नको लागि पहिलो चरणमा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

उद्योग तथा वाणिज्य
‘उद्योगको विविधिकरण, रोजगारीको सुदृढिकरण’ अभियानलाई सफल बनाउन र घोराही उपमहानगरपालिका भित्र छरिएर रहेका उद्योगहरुलाई एकिकृत रुपमा संचालन गर्न र उद्योगलाई चाहिने पूर्वाधारको एकिकृत विकास व्यवस्थापन गरी औद्योगिकरणलाई तिव्रता प्रदान गर्नका लागि घोराही उपमहानगरपालिका वार्ड नं ३ र ५ मा औद्योगिक क्षेत्र स्थापनार्थ सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ । साथै उद्योग वाणिज्य संघ तथा अन्य व्यापारिक संघसंस्थाहरुसँगको साझेदारीमा कार्यक्रम संचालन गर्नको लागि विभिन्न शीर्षकमा ७ लाख बजेट विनियोजन गरिएको छ ।

पर्यटन पूर्वाधार
घोराही उपमहानगरपालिकामा पर्यटनको आगमन बढाउन र बसाईलाई गुणात्मक बनाउन यस क्षेत्रमा बहुपक्षीय तवरले सम्बोधन गरिएको छ । आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धनका लागि रु १० लाख विनियोजन गरिएको छ भने पर्यटनसँग जोडिएको घोराही हिलपार्क निर्माणका लागि २० लाख विनियोजन गरिएको छ भने बुढाकोट मौलाकोट प्याराग्लाइडिङ्गको सम्भाव्यता अध्ययनको लागि बजेट विनयोजन गरिएको छ भने ज्यामिरे दहबराह क्षेत्र एकिकृत विकास परियोजना निर्माणको कामलाई यसैवर्ष देखि सम्भाव्यता अध्ययन गर्न शुरुवातको प्रवन्ध मिलाइएको छ ।

सहकारी क्षेत्रतर्फ
ग्रामीण तहका जनताहरुमा वित्तीय साक्षरता मार्फत सहकारी चेतना अभिवृद्धि, बचत गर्ने बानीको विकास गर्नको लागि जानकारीमूलक र सचेतनामूलक कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षा क्षेत्र तर्फ
विद्यालय शिक्षालाई समतामूलक र गुणस्तरीय बनाउँदै विद्यालयको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्नको लागि रु २८ करोड ३२ लाख ९० हजार विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्र तर्फ
नगरबासीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन, स्थानीय तहले संचालन गर्ने भनि तोकिएका स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको प्रभावकारी रुपमा संचालन गर्न र सार्वजनिक, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाको गुणस्तर व्यवस्थापन तथा नियमन गर्न ५ करोड ५८ लाख ७७ हजार विनियोजन गरिएको छ । त्यसैगरी राप्ति उपक्षेत्रीय अस्पतालमा बाल बालिकाहरुका लागि सघन उपचार कक्ष संचालनका लागि २० लाख बजेट विनियोजन गरिएको छ।

खानेपानी तथा सरसफाई
नगरबासीहरुलाई आधारभूतस्तरको खानेपानी सेवामा पहुँच सुनिश्चितता गर्न र खानेपानी तथा सरसफाई क्षेत्रको क्षेत्रगत विकास गर्नको लागि रु ३ करोड ८७ लाख ९० हजार विनियोजन गरिएको छ ।

संस्कृति प्रवर्द्धन
हाम्रो संस्कृति हाम्रो पहिचान भन्ने भावनालाई आत्मसात गर्दै विभिन्न जातजातिहरुको मौलिक संस्कृति र सभ्यताको संरक्षण तथा सम्वर्द्धन र संग्रालयहरुको विकास र विस्तारका लागि ८२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

खेलकूद तथा मनोरञ्जन
खेलाडी राष्ट्रका लागि भन्ने राष्ट्रिय भावनालाई मूर्तरुप दिन र घोराहीलाई खेलकूल क्षेत्रको हवको रुपमा विकास गर्नको लागि खेलकूद मैदान निर्माण लगायत राष्ट्रियस्तरका खेलकूल प्रतियोगिता समेत आयोजना गर्नको लागि ५५ लाख २५ हजार रुपैया विनियोजन गरिएको छ ।

लैगिङ्ग समनता र सामाजिक समावेशीकरण
‘लैंगिक समानता आजको आवस्यक्ता, सामाजिक समावेसशकरण अहिलेको अपरिहार्यता भन्ने भनाईलाई आत्मसात गर्दै विभिन्न कारणले विकासको मूल प्रवाहमा आउन नसकेका महिला, दलित, अपांग, अल्पसंख्यक, आदिवासी जनजाती, मुक्तकमैया कम्लहरी, बालबालिका, द्वन्द पीडित तथा युवाहरुको शसक्तिकरण, सवलिकरण तथा क्षमता अभिबृद्धीका लागि २ करोड १५ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । साथै नगरपालिका भित्रका विषयगत कार्यालयहरुसँग समन्वय गरी कार्यक्रम संचालन गर्नको लागि ८ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ ।

स्थानीय सडक
‘सडकको सुविधा जताततै, यातायातको अभाव हुने छैन कतै’ भन्ने घोराही उपमहानगरपालिकाको मर्मलाई साकार पार्नको लागि अहिले रहेका सडकहरु नियमित मर्मत सम्भार, सडकको स्तर उन्नती, सडक कालोपत्रे, तथा नगर केन्द्रदेखि वडा कार्यालयसम्मको सडक बाह्रै महिना चल्न सक्ने बनाउनको लागि  ३३ करोड ४५ लाख ७६ हजार विनियोजन गरिएको छ ।

सिँचाई

कृषिका लागि सिँचाई आर्थिक उन्नतिका लागि उचाई हो भन्ने मान्यताका साथ खेतीयोग्य जमीनमा सिँचाई सुविधा पुर्याउन र सिँचाईका साना साना मागहरुलाई समेत सम्वोधन गरी उपयुक्त प्रविधिको प्रयोग, सिँचाईका पूर्वाधार मर्मत सम्भार र स्तरोउन्नतीको लागि २ करोड २६ लाख २५ हजार वजेट विनियोजन गरिएको छ ।

भवन तथा शहरी विकास
भवन तथा शहरी विकासका लागि शव दाह व्यवस्थापन, नगर भित्रका सामुदायिक भवनहरुको निर्माण तथा स्तरोउन्नती, कार्यालय परिसर स्तरोउन्नती, भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि जनशक्ति विकास लगायतका क्षेत्रमा खर्च गर्ने गरी रु १ करोड ७५ लाख ७१ हजार विनियोजन गरिएको छ ।

उर्जा
‘उज्यालो घोराही, रमाईलो बसाई’ भन्ने भावनालाई आत्मसात गर्दै उपमहानगर भित्रका सबै बासिन्दाहरुमा उज्यालो पुर्याउनका लागि विद्युत विस्तार र सोलार जडानका लागि १ करोड ८० लाख ५५ हजार विनियोजन गरिएको छ ।

सञ्चार
‘जहाँ सञ्चार त्यहाँ संसार’ भन्ने भनाईलाई आत्मसात गर्दै सबै नगरबासीहरुलाई सञ्चारसँग जोड्न, संचारकर्मीहरुको संस्थागत विकास गर्न, संचारकर्मीहरुलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष नगर सेवा र विकासका क्षेत्रमा कलम चलाउने उत्कृष्ट संचारकर्मिलाई पुरस्कृत गर्ने रकमको दीर्घकालीन स्रोत सुनिश्चितताको लागि पत्रकार अक्षय कोष स्थापना र संचार क्षेत्रको विकासका लागि ७ लाख विनियोजन गरिएको छ ।

वन तथा भू-संरक्षण
नगर क्षेत्र भित्रको वन, जलाधार, जैविक विविधता संरक्षण र व्यवस्थापनका कार्यक्रमहरु संचालनका लागि ५८ लाख ८० हजार विनियोजन गरिएको छ । साथै यस उपमहानगरपालिका क्षेत्र भित्र हुने भूक्षय नियन्त्रण लगायतका कार्यक्रमका लागि लागि ५८ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

जलाधार संरक्षण
‘जलाधार जोगाऔँ, वातावरण बचाऔँ’ भन्ने उद्धेश्यका साथ यो क्षेत्रमा रु२ करोड १६ लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।

वातावरण संरक्षण, जलवायु परिवर्तन
‘घोराहीमा हरियाली, घरघरमा खुशीयाली’ कार्यक्रमलाई मूर्त रुप दिन शहरका विभिन्न क्षेत्रमा वृक्षारोपण र हरित पार्क निर्माण गर्नको लागि रु ९५ लाख वजेट विनियोजन गरिएको छ ।

फोहोर मैला व्यवस्थापन
फोहोरको वर्गिकरण गरी उचित प्रशोधन प्रणालीको अवलम्वन गर्न प्लाष्टिक तथा सोबाट निर्मित वस्तुहरुको पुनर्प्रयोग, पुनर्प्रशोधन र नविकरणका कार्यक्रम संचालन गरी आम्दानीको स्रोत बढाउन र सार्वजनिक शौचालय, व्यवस्थित फोहरमैला प्रशोधन केन्द्र निर्माण र छाडा पशु चौपाया नियन्त्रणका लागि २ करोड ८७ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

विपद् व्यवस्थापन
भैपरी आईलाग्ने विपतहरुको व्यवस्थापन गर्नको लागि रु१ करोड बजेट ३९ लाख बजेट विनियोजन गरिएको छ । साथै जल उत्पन्न प्रकोपको न्यूनीकरणको लागि १६ लाख ५० हजार बजेट छुट्टाइएको छ भने बारुण यन्त्र खरिदका लागि रु ८० लाख बजेटको व्यवस्था गरिएको छ ।

सामान्य प्रशासन
घोराही उपमहानगरपालिकामा लामो समयसम्म कार्यरत कर्मचारीहरुले स्वेच्छिक अवकाश लिन चाहेमा सुनौलो अवकाश योजनामा सहभागि बनाई आकर्षक रकम सहित विदाई गर्नको लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।

सुरक्षा व्यवस्थापन
घोराही नगर शून्य अपराध र सुरक्षित नगर’ को अवधारणालाई मूर्त रुप दिन र प्रत्येक नागरिकलाई सुरक्षाको प्रत्याभुत गराउनको लागि बजारको मूख्य मूख्य क्षेत्रमा जडान गरिएका सिसि क्यामेराको नियमित व्यवस्थापनका लागि रु ५ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

सूचना प्रविधि
यस उपमहानगरलाई आधुनिक सूचना प्रविधिमा जोड्नका लागि सूचना प्रविधि अनुसन्धान तथा विकास केन्द्रसँगको सहकार्यमा स्मार्ट सिटी, डिजिटल घोराहीको अवधारणालाई मूर्तरुप दिन र उपमहानगरको वस्तुगत विवरण अध्यावधिक गर्न रु २५ लाख वजेट विनियोजन गरिएको छ ।

पञ्जिकरण व्यवस्थापन
व्यक्तिगत घटना दर्तालाई सूचना प्रविधिमा आधारित बनाउन र स्थानीय स्तरका तथ्यांकहरुको संकलन अभिलेखिकरण कार्यलाई व्यवस्थित गर्नको लागि रु ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

अनुसन्धान तथा विकास
उपमहानगरपालिकाको दीर्घकालिन विकासमा टेवा पुर्याउने विकास आयोजनाहरु ९अन्तराष्ट्रिय विमानस्थल, बाहिरी चक्रपथ, चिडियाखाना, हाईड्याम, औद्योगिक क्षेत्र, सार्वजनिक अपार्टमेन्ट, आकाशे पुल निर्माण तथा उपमहानगरको गुरुयोजना० को सम्भाव्यता अध्ययनका लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ ्उपमहानगरपालिका भित्रका विषयगत कार्यालयहरुसँग समन्वय गरी कार्यक्रम संचालन गर्नको लागि रु ८ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ ।