तुलसीपुर १६ भाद्र । ( डीआईडी ) सिजन २ को पहिलो अडिसन आज तुलसीपुरमा उद्घाटन गरिदैछ । डीआईडी सिजन २ को अडिसन तुलसीपुरमा रहेको तुलसीपुर श्रीगै स्थित मेरिगोल्ड बोर्डिङ स्कुलमा शुरु हुने भएको छ ।
राष्ट्रव्यबपी नृत्य बिद्याको महासंग्राम डान्स आईकन दाङ ( डीआईडी ) को औपचारीक प्रथम अडिसन सल्यान रोड स्थित मेरिगोल्ड बोर्डिङ्ग स्कुलमा आज बिहान १० बजे देखी आयोजना हुने प्रेस संयोजक दिपक बोहराले जानकारी दिए । अडिसनको सम्पुर्ण तयारी पुरा भएको संयोजक दिपक वलीले जानकारी दिए । जुन सुकै उमेर समुहका ब्यक्तिहरुले अडिसनमा भाग लिन सक्ने छन् ।
केन्द्रमा पहुँच नभएका स्थानीय प्रतिभाहरुको जगेर्ना गर्ने उदेश्यले आयोजित कार्यक्रमको उद्घाटन आज पञ्चेबाजा सहित तुलसीपुर र घोराही बजार परिक्रमा गरी उद्घाटन गरिने रणनैतिक संयोजक बिष्णु कुमार देबकोटाले जानकारी दिए । उक्त कार्यक्रममा उपस्थितका लागि सम्पुर्ण पत्रकार, समाजसेवी, कलाप्रेमीहरुलाई अनुरोध गरिएको सहसंयोजक सुमन केसीले आग्रह गरे ।











