इन्द्रेणी संवाददाता

दाङ १६ भाद्र । दाङको घोराहीमा होटेलमा अनैतिक क्रियाकलाप गरिरहेका ७ जना लाई प्रहरीले पक्राउ गरेको छ । होटेलमा हुने अनैतिक क्रियाकलाप रोक्न लागिपरेको दाङ प्रहरीले भाद्र १३ गते मंगलवार राती घोराही उपमहानगर वडा नं. १५ कटुवाखोला नजिक रहेको होटेल कोसेली गेष्ट हाउसमा अनैतिक तथा अस्लिल क्रियाकलाप गरिरहेका होटल सञ्चालक सहित ५ जना महिला र २ जना पुरुषलाई पक्राउ गरेको हो ।

स्थानीयको सुचनाका आधारमा होटेलमा छापा हान्न होटेलमा पुगेको प्रहरीले आपत्तीजनक अबस्थामा युवा युवतीलाई भेटेपछि पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दुर्गा सिहं राणाले जानकारी दिइन ।