इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ । नेपाल पत्रकार महासघ दाङको अगुवाइमा आज घोराही बजार सरसफाई गरिएको छ ।

inddहरेक १५/१५ दिनमा गरिने उक्त सरसफाई कार्यक्रममा यहाँका पत्रकार, सुरक्षाकर्मी, घोराही उपमहानगरपालिकाका कर्मीचारी, व्यापार व्यवसायीहरु, विभिन्न समाजिक संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

wwwपत्रकार महासंघको कार्यालयबाट शुरु भएको सरसफाई अभियान तुलसीपुर चोकमा गएर समापन भएको थियो । सरसफाईमा सहभागीहरुले यो सरसफाई अभियान नमूना मात्रै भएको र यसले सबै नगरवासीहरुलाई सरसफाई गर्नुपर्छ भन्ने तर्फ अग्रसर गर्ने बताएका थिए ।