इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ । दाङ घोराहीको भरतपुरमा थ्रीडी होटल सञ्चालनमा आएको छ । होटलको आज विहीबार कार्यक्रमको आयोजना गरी उदघाटन गरिएको हो ।

2wहोटलको उद्घाटन दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले गरेका हुन् ।
करीव ३० लाखको लगानीमा संचालनमा ल्याएको उक्त होटल ग्राहकको चाहनालाई मध्येनजर गरी खोलिएको प्रोप्राइटर डोमाकान्त पाण्डेले जानकारी दिए ।

22उनका अनुसार तीन भाईले नै छिमेकी भारतमा २० बर्षको अनुभव प्राप्त गरेकाले नेपालमै आफ्नो क्षमता अनुसारको काम गर्न थालेका हुन् । आफुहरुले घोराहीको अन्य होटल भन्दा फरक स्वाद दिने र ग्राहकवर्गको रुची अनुसार भेराइटी दिन सक्ने उनले बताए ।