काठमाडौं, १५ भदौ । एउटा ठूलो सुन तस्करको काण्ड किनारा नलाग्दै राजधानीमा फेरि अर्काे सुन तस्करी काण्डले चर्चा लिएको छ ।
रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको २२ किलो सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबीं) नियन्त्रणमा लिएको छ । सो सुनसहित तस्करीमा संलग्न सात जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएकोमध्ये १४ किलो काठमाडौंमा तथा बाँकी आठ किलो उपत्यका बाहिरबाट बरामद भएको सिआईबीले जनाएको छ । पक्राउ पर्नेहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
