शान्त कुमार बुढा मगर
जेष्ठ ३०, घोराही । रोजगारको शिलसिलामा यु.ए.ई मा रहदै आएका दाङ जिल्ला वासिहरुकोे साझा सामाजिक संस्था दाङ देउखुरी समाज यु.ए.ई.ले शनिवार राजपुर ९ खंग्रा नाकामा खंग्रा र छेकृयाका अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ । समाजका प्रतिनिधी जुद्द बहादुर भण्डारीले यी दुई नाकाका पिडितहरु लाई राहत वितरण गर्नु भएको हो । भण्डारीले अग्निपिडित खंग्रानाकाका तिन घर र छेकृयानाकाका चार गरि जम्म चार घरपरिवारलाई प्रती परिवार ३,७००।– (तीन हजार सात सय रुपैयाँ) को दरले कुल २५,९००।– (पच्चिस हजार नौ सय रुपैयाँ) वितरण गर्नुभएको हो । कार्यक्रममा संस्थाका प्रतिनिधि भण्डारीले संस्था वारे जानकारी दिँदै समाजले चामल वितरण गर्ने भने पनि नाकामा वाटोको समस्याका कारण नगद हस्तान्तरण गर्नु परेको वताउनुुभयो । प्रवासमा परिश्रम गरेर पनि यसरी मातृभूमिमा परेका बिपत्तिमा सानो भए पनि सहयोग गर्न पाउँदा दाङ देउखुरी समाज यु.ए.ई. खुशी भएको र आउंदा दिनमा पनि यस्ता परिस्थितिहरुमा आफूहरुको साथ र सहयोग संधै रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । पिडित घरपरिवारले पनि यस्तो बिपत्तिमा बिदेशमा खुन पसिना एक गरि कमाएर आफ्नो गाँस कटाएर आफ्नै आँगनमा सहयोग गर्ने समाज प्रती आफुहरु सधै ऋणी रहने भन्दै धन्यवाद समेत ब्यक्त गरेका थिए । स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । हालै दाङको गंगा परस्पुर राजपुर गा.वि.स. मा भीषण आगलागिका कारण पिडितहरुलाई नगद तथा खाद्यान्न राहत वितरण गरेको छ । सामाजिक सेवा भावका साथ रोजगारको शिलसिलामा यु.ए.ई. रहेका दाङ्गाली युवाहरुको यो संगठन एक वर्ष अगाडी दखि सुरु गरिएको हो ।
