तुलसीपुर, १५ भदौ । संसार वदल्न आफुलाई वदल्नु पर्ने जिल्ला समन्वय समिति दाङका अध्यक्ष जितेन्द्रमान नेपालीेले वताएका छन् ।
गैरसरकारी संस्था महासंघ दाङले आयोजना गरेको गैरसरकारी संस्थाहरुको क्षेमता विकास संवन्धि दुई दिने तालीमको समापन कार्यक्रममा वोल्दै नेपालीले गैरसरकारी संस्थाहरुले आफ्नो काम गर्ने शैलीलाई नयाँ पन दिय वदलिदो समाजलको विकास गर्न सकिने भएको भन्दै समाज परीर्वतनमा सकृय संस्थाहरुलाई जिल्ला समन्वय समितिले प्रोतसहान गर्ने वताउए ।
गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष नानी मैया वलीले स्थानीय तहमा आयका जन प्रतिनिधिहरु सवै कामका लागी दक्ष नभएको भन्दै गैरसरकारी संस्थाहरु संग समन्वय गरेर काम गर्नुपर्ने वताइन् ।
गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष नानी मैया वलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्षेत्रीय गैरसरकारी संस्था महासंघका सदस्य कमल गौतम, प्रशिक्षार्थी अम्विका गौतम, तिलकराम भण्डारी लगाएतकाले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासंघ दाङका सचिव शालीकराम मुसाफीरले गरेका थिए ।










