इन्द्रेणी संवाददाता
सल्यान, १५ भदौ । सल्यानमा भाइरल ज्वरोका कारण एक सातामै तीन जनाको ज्यान गएको छ । केही समयदेखि प्रकोपको रुपमा फैलिएको भाइरल ज्वरोका कारण कुपिण्डे नगरपालिका वडा नं. ३ का ५० वर्षिया झुपी वस्नेत, कुपिण्डे ५ कै भगवती साहु र ६ नम्बर वडाका चित्री वस्नेतको मृत्यु भएको हो ।

joroकरीव एक सातादेखि फैलिएको भाइरलका कारण स्थानीयहरु विरामी परेका छन् । विरामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहे पनि अस्पतालमा औषधिको अभावमा उपचार प्रभाकारी हुन सकेको छैन । भाइरल फैलिने र एकपछि अर्काेको ज्यान जाना थालेपछि स्थानीयमा त्रास फैलिएको छ ।