दाङ, १० भदौ । घरपरिवारको कमजोर आथिक अवस्थाका कारण दाङमा एकको उपचारमा समस्या भएको छ । घोराही उपमहानगरपालिका–५ स्थायी घरभै हाल घोराही–१० नारायणपुर निवासी अमृता नेपालीलाई घरपरिवारसहित आफनै श्रीमानले वेवास्था गरेपछि उपचारमा समस्या भएको छ ।
घाँटीको क्यान्सरबाट पीडित नेपालीलाई घरपरिवारसँगै आफ्नै श्रीमानले बेवास्था गर्दा दुई बर्षदेखि माईतीको घरमा बसेर उपचार गराउदै आउनुभएको छ । ‘सुरुमा घाटीमा गाठाँगुठी देखिए, त्यसपछि घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालदेखि अन्य निजी अस्पतालमा उपचार गरायौँ तर सञ्चो भएन’–बिरामीका बुबा सुन्दर नेपालीले भन्नुभयो–‘त्यसपछि डाक्टरहरुको सल्लाहमा चितवनको बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा लगेर जाँच गराउदा क्यान्सर देखायो ।’
अस्पतालमा घाँटीको अप्रेसन गरेर उपचार गरेपछि करिब डेढ बर्षसम्म राम्रो भएको थियो तर अहिले फेरी बल्झीएको छ । छोरीको उपचारका लागि चितवनमा रहेपनि आर्थिक अभावका कारण चेक गराउने गरेपनि अप्रेसन गर्न नसकिएको विरामीका बुबाले फोनमा बताउनुभयो ।
बिरामीका बुबा नेपालीका अनुसार पहिलो पटक घाँटीको अप्रेसन गर्दा साँढे पाँच लाख रुपैया खर्च भएको र अहिलेपनि करिव ४÷५ लाख रुपैयासम्म लाग्ने अस्पतालले बताउने गरेको उनले बताए । दुई बच्चाकी आमा समेत रहेकी अमृताका श्रीमान ६ महिनादेखि सम्पर्क विहिन छन् ।
करिब नौ बर्ष पहिले प्रेम विवाह गरेका श्रीमान प्रताप नेपाली श्रीमतीलाई पुनः घाँटीको रोग बल्झीएको थाहा पाएपछि गत फागुन महिनादेखि सम्पर्क नरहेको अमृताको बुवाले बताए । अहिले पैसा पनि नपठाउने र फोन गर्दा समेत नउठाउने गरेको परिवारले बताउने गरेका छन ।
‘पहिलो पटक विरामी हुदाँ ज्वाईले दुई तीन लाख रुपैयासम्म विदेशवाट पठाउनुभएको थियो’– सुन्दरले भने– ‘अप्रेसन गरेको घाँउमा पुन समस्या देखिएको खवर पाएपछि छ महिनादेखि सम्पर्क विहिन छन ।’
अमृताको परिवारले उहाँलाई सहयोग गर्नकालागी राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नं. ४३६०००१३५०१० मा रकम जम्मा गरिदिन अनुरोध गरेको छ । अथवा मोबाईल नम्बर ९८४७९२४६६२ मा सम्पर्क गर्न सकिने छ ।