राधा शर्मा

बर्दिया १० भाद्र। वाढि पीडितहरुलाइ राहत वितरणमा कुनै कन्जयुस्याइ र लापरवाहि नगर्न प्रधानमन्त्रीले दिएको निर्देशन बर्दियामा लागु भएको छैन । केहि दिन अघि बर्दिया आउनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्लाका प्रमुख जिल्ला अधिकारी नगर प्रमुख लगायत जन प्रतिनिधिलाइ सो निर्देशन दिनु भएको थियो । बाढि प्रभावित जिल्लाको अनुगमनमा निस्कनु भएका प्रधानमन्त्रीले बर्दियाको गुलरियामा पुगेर सो आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री देउवाले वाढि बाट क्षति भएका पुर्वाधारलाइ तत्काल निर्माण गर्नका लागी पनि सम्वन्धित निकायलाइ निर्देशन दिइसकेको बताउदै राहत वितरणमा कुनै कमजोरी हुन नदिन स्थानिय तहलाइ निर्देशन समेत दिनु भयो ।

rahat bitaran bardiya

प्रधानमन्त्रीले भारत भ्रमण गए लगत्तै बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाको सरुवा भएको छ । यता राहत वितरणमा अनियमितता देखिएको छ । एकद्धार प्रणाली मार्फत राहत वितरण गर्ने भनिएतापनि केन्द्रको सीफारिसमा केहि सघ सस्थाहरुले आफै वाडिरहेका छन भने नगरपालिका मौन वसेको छ ।

लगातारको वर्षा पछि आएको वाढिले बदियामा ७५ हजाार भन्दा वढि नागरिक प्रभावित भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ । वाढिकै कारण ५ जनाको मृत्यु भएको छ भने करिब १० हजार जनाको उद्धार गरीएको हो । अहिले पनि करिब २५ हजार नागरिक ४१ वटा स्थानमा आश्रय लिएर वसीरहेका छन । बाढिले २ हजार १ सए ७३ घर पुर्ण रुपमा क्षति भएको छ यसैगरी करिब ९ हजार घर आंशिक रुपमा क्षति भएको जिल्ला आपतकालिन संचालन केन्द्रका सुचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले बताउनु भयो ।