काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारहरुको पक्षमा लडने बताएका छन् । उनले आम सञ्चारकर्मीको अधिकारको सुनिश्चितताका पक्षमा आफूले निरन्तर संघर्षशील रहने बताए ।

govinda acharyaमहासंघको २५ औं महाधिवेशनबाट निर्वाचति आचार्यले भने ‘साथीहरुले विश्वास गर्नुभएको छ, हिजो पनि श्रमजीविकै पक्षमा लडेँ, अब पनि लड्छु,, महासंघको मुहार फेर्ने मेरो कोशीस हुनेछ ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी विन अन्य स्वतन्त्रता सम्भव नभएको उल्लेख गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्ने आफ्नो पहिलो उद्देश्य रहेको बताए । त्यस्तै श्रमजीवी पत्रकारको हक, हित र अधिकार पूर्ण रूपमा लागू गर्ने दोस्रो प्राथमिकतामा राखेका अध्यक्ष आचार्यले बताए ।