काठमाडौं, ६ भदौ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी १८ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

kamal-thapaआज मंगलवार राप्रपाका पदाधिकारी तथा सांसदहरुको संयुक्त बैठकले सोमवार व्यवस्थापिका संविधान संसोधन प्रक्रियामा सहभागी भई पार्टीले जारी गरेको ह्विप उल्लंघन गर्ने सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो ।

यसरी कारवाही पर्नेहरुको सूचीमा दीपक बोहोरा, विक्रम पाण्डे, सुनिल थापा, बिराज बिष्ट, रमेश लामा, विक्रम थापा, सइन्द्र बान्तवा, कमला शर्मा र भानु महरा, रामकुमार सुब्बा, बबिना मोक्तान, सीता लुईटेल, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, सरोज शर्मा, आनन्दी पन्त, इस्तियाक अहमद खान र गीता सिंह रहेका छन् ।