काठमाडौं, ६ भदौ । गएको साउन २७ गतेदेखि परेको अविरल वर्षतका कारण आएको वादीका कारण जनधनको क्षति पुरयाएका २७ जिल्लामा तत्काल राहतका लागि सरकारले ९ करोड ८५ लाख रुपैयाँ पठाएको छ ।
बाढी प्रभावित जिल्लाका लागि सो रकम निकासा भइसकेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् । बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँका दरले वितरण गर्न थालिएको पनि गृहमन्त्रालयले जनाएको छ ।