काठमाडौं, ६ भदौ । संसदमा दर्ता भएको संविधान संसोधन विधेयक अन्तः फेल भएको छ । सोमबार संसद्मा मतदान प्रक्रियामा गएको संशोधन विधेयक दफेल दुई तिहाइका लागि ४८ मत नपुग्दा पास हुन सकेन ।
संसद्मा सोमबार साँझ भएको मतदानमा विधेयकको पक्षमा ३४७ मत मात्रै परेको थियो । विधेयक पारित गर्न आवश्यक पर्ने दुई तिहाइ मतका लागि ४८ मत नपुगेपछि सभामुख ओनसरी घर्तीमगरले अस्वीकृत भएको घोषणा गरेकी थिइन् ।
विधेयकको विपक्षमा २०६ मत पर्यो । कुल ५९२ सांसदमध्ये मतदानको समयमा ५५३ जना मात्रै उपस्थित भएका थिए ।