काठमाडौं, ५ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा ३३ किलो सुन तस्करी काण्डका मूख्य नाइके राजनप्रसाद पन्थलाई सोमवार नेपाल ल्याएको छ ।

inddसीआईबीको आग्रहमा पन्थ विरुद्ध रेडकर्नर नोटिस जारी गरेपछि पन्थलाई दुबई पुलिसले पक्राउ गरेको थियो । उनी ७० दिन दुबई प्रहरीको हिरासतमा थिए ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई समेतलाई पक्राउ गरेको थियो ।