काठमाडौं, ५ भदौ। राजश्व अनुसन्धान कार्यालय अत्तरियामा कार्यरत दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु राजेन्द्र साउद र कार्यालय सहयोगी टिकाराम जोशीलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई सेवाग्राहीबाट घुस वापत ४५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।