इन्द्रेणी संवाददाता
काठमाडौं, ५ भदौ । प्रधानमन्त्री देउवाले आसन्न भारत भ्रमणमा लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा भारतसँग छलफल गर्ने छन् ।

deuba-modiआज सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा देउवाले भारत भ्रमणको समयमा यी दुबै बाँध र यसबाट नेपालमा भएको क्षतिसम्बन्धमा छलफल गर्ने बताएका हुन् ।

कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको ५० करोड अहिलेसम्म उपलव्ध नगराएकाले सो बारेमा पनि आफूले कुरा गर्ने प्रम देउवाले बताए ।

भ्रमणका क्रममा उनले भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता बिषयमा छलफल पनि गर्ने बताएका छन् । देउवा भदौं ७ देखि ११ गते सम्म भारतको औपचारिक भ्रमणमा जाँदै छन्।