काठमाडौं, ५ भदौ । मन्त्रिपरिषदको बैठकले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ । आज वसेको बैठकले मंसिर १० गते दुबै निर्वाचन गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णग गरेको हो ।

inddसरकारले आफ्नो तर्फबाट निर्वाचनको मिति तय गरेपनि तर निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।