विराटनगर, ५ भदौ । डुबानमा परेको भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो ।
उनको घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा बोरामा राखिएको अवस्थामा पैसा फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो ।
एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट ५०० रुपैयाँ १०० रुपैयाँको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मगन्तेका रुपमा मण्डलले रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ । रासस