काठमाडौँ । पत्रकार महासंघको आज हुदै गरेको चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ । संगठनप्रति गम्भिर घात गरेको भन्दै मगरलाई प्रेस सेन्टरको साधारण सदस्यसमेत नरहने गरी निश्काषित गरिएको महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जानकारी दिएका हुन् ।
बागी उम्मेदवार मगर नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपालको तर्फबाट उम्मेद्वार भई महासचिवमा निर्वाचित भएका थिए । तर, महासंघको २५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेद्वार बनाएकोमा उजिर मगरले संगठनको निर्णय विपरित अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए ।