दाङ, ५ भदौ । गएको साउन २७ गते रातिदेखि परेको अविरल वर्षातका कारण आएको वाढी र डुवानबाट दाङमा झण्डै साढे २० करोडको क्षति भएको छ ।

ghorahi tulasipur roadजिल्ला आपत्कालिन कार्य सञ्चालन केन्द्र दाङको तथ्याङअनुसार जिल्लामा व्यक्तिगत तथा सामुदायिक गरी २० करोड ४५ लाख ८० हजार ३ सय रुपैयाँ बराबरको सम्पत्ती क्षति भएको छ ।

जिल्लाको घोराही र तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, ववई, राजपुरलगायतका गाउँपालिकामा भएको क्षति संकलन गर्दा साढे २० करोड बराबरको जनधनको क्षति भएको केन्द्रले बताएको छ । नयाँ युगबोधबाट