तुलसीपुर,५ भदौ । वाढीले वताएर मृत्यु भएकी भगवती सुनारको परिवारलाई किरिया खर्च वाफतको रकम प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् विपद व्यवस्थापन कोषका संयोजक घनश्याम पाण्डेले किरिया वसेकै ठाउँमा मृतक सुनारका श्रीमान मानवहादुर सुनारलाई १० हजार सहयोग प्रदान गर्नुभएको हो ।

kiriya kharcha

राहत प्रदान गर्दै संयोजक पाण्डेले सरकारले दिने सहयोग रकम उपलब्ध गराउनका लागि आफुले पहल गर्ने वताउनु भएको थियो । राहत वितरणको कामलाई आफुले पहिलो प्राथमिकता दिएको वताउदै पाण्डेले सुरक्षित वसोवासका लागि सरकारसँग माग गरिएको पनि वताउनु भएको थियो । रकम वुझ्दै मृतकका श्रीमान मानवहादुर सुनारले किरिया वसेकै ठाउँमा आएर सहयोग गरेकोमा उपमहानगर प्रति आभार प्रकट गर्नुभएको थियो । सो अवसरमा युवा नेता मोहन पौडेलको पनि संलग्नता रहेको थियो ।