काठमाडौं । लामो समयको प्रतिक्षा पछि गायिका सरिता शाहीले शिब जीको विशेष सिफारिस बोलको तीज गीत बजारमा ल्याएकी छिन् । राजेन्द« थापाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत दिएका छन् । गीतको म्युजिक भिडियामा अशिष्मा नकर्मी र लोमस शर्मा देखा परेका छन् ।
जुग बित्यो लगायतका गीतहरुबाट चर्चा बटुलेकी गायिका शाहीले नेपालीको अलवा भाषामा समेत विभिन्न चर्चित गीतहरु दिएकी छिन् । गायिका शाही नेपाल टेलिभिजनबाट प्रशारित हुने चर्चित रियालिटी शो ब्राइटर तिम्रो सुरु मेरो गीतको दोश्रो सिजनकी विनर समेत हुन् ।