दाङ, १ भाद्र । त्रिभुवननगर जेसिज घोराही दाङले आज विहिबार विहान सरसफाई कार्यक्रम गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियान अन्र्तगत भोली विहिबार त्रिभुवननगर जेसिजको नेतृत्वमा कार्यक्रम हुने भएको हो ।

घोराहीको जेसिज मार्ग सहित बजारका प्रमुख भागमा सरसफाई कार्यक्रम हुने त्रिभुवन नगर जेसिजका अध्यक्ष दिपक शर्माले जानकारी दिनुभएको छ । भोली विहान ६ बजे जेसिजको कार्यालयबाट सरसफाई कार्यक्रम सुरु हुने भएको छ । सरसफाई कार्यक्रममा उपस्थितीका लागि जेसिजले सबैलाई आग्रह समेत गरेको छ ।