चेतन रेग्मी
दाङ १ भाद्र । दाङका बाढीपडीतहरुको सहयोगको लागी अरनीको मैदान तुल्सीपुरमा यही भदै २ र ३ गते हुने बृहत सांकृतीक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ । डीयल डान्स एकाडेमी तुल्सीपुरले आज रीपोर्टष कल्ब तुल्सीपुरमा पत्रकार सम्मेलन गरी सास्कृतक कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको हो ।
लगातारको बर्षा पछि ५जनाको मृत्यू,सयौ परीपार बिस्थापीत र हजारौ नागरीक प्रभाबीत हुनेगरी दाङका बिभिन्न स्थानमा आएको बाढी र डुवानबाट प्रभाबितहरुका लागि राहत बीतरण गर्ने उदेश्यले कार्यक्रम गर्नलागेको आयोजक ड्रीम होस्टेलका संचालक तेज वलीले जानकारी दीनुभयो ।
सांकृतक कार्यक्रममा गाएकहरु तिलक वली,दुर्गेस थापा,पुस्कल शर्मा,भुमीका गीरी,कलाकारहरु ध्रुब कमेडी,लोसीना लामीछाने,संगीत थापा,मनीसा रोका,नबराज जीएम लगाएतका दर्जनौ कलाकारहरुको प्रस्तुती रहेने संचालक वलीले बताउनुभयो । कायक्रममा बृद्ध तथा अपाङहरुलाइ नीसुल्क प्रबेसको बेबस्था मीलाइएको जनाइएको छ ।
सो अबसरमा प्रमुख अथीती रीपोर्टकल्ब दाङका अध्यक्ष शरद रेग्मीले कला र सस्कृतीको जर्गेनाका लागी आयोजीत कार्यक्रम सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिसीस्ट अथीतीहरु रेडीयो संजीवनीका सहायक स्टेसन मैनेजर चेतन रेग्मी,नेपाल पत्रकार महासंघ दाङका प्रदेश पार्षद बालाराम खडका लगाएतले बोल्नुभएको थीयो । डीएल डान्स एकाडेमीका संचालक द्रोण केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तेजवलीले गर्नुभएको थीयो ।