इन्द्रेणी संवाददाता
दाङ, ३२ साउन । दाङको जिल्ला समन्वय समिति गठनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचकै तालमेलमा गठन भएको छ ।
पहिले एमाले र माओवादीबीच तालमेतको सहमति भएपनि मनोनयन दर्ताको समयमा एमालेका केही नेताले नेपाली काग्रेससँग तालमेतको सहमति गरेपछि माओवादी र एमालेबीचको तालमेलमा संका उत्पन्न भएको थियो । तर आज बुधवार भएको जिससको निर्वाचनमा एमाले माओवादीकै तालमेत भएको देखिएको छ ।

photo indमाओवादी र एमालेको तालमेतबाटै एमालेका जितेन्द्रबहादुर नेपाली जिससको प्रमुखमा निर्विरोध निर्वाचित भएका छन् भने चुनावी प्रक्रियाबाट पनि समहतिमै पदाधिकारीहरु निर्वाचित भएका छन् । जसअनुसार उपप्रमुखमा माओवादी केन्द्रका श्रीधर शर्मा पौडेल विजयी भएका छन् ।
पौडेलले कुल २० मतमध्ये १२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नित्यानन्द शर्माले जम्मा ८ मत प्राप्त गरेका थिए । समितिको सदस्यहरुमा एमालेका ४, माओबादी केन्द्रका २ र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका छन् ।

एमालेबाट सदस्यमा तिलाकुमारी बुढाले १९, सावित्री रिजालले १९ देविराम थारु कुमालले १९ र जक्तबहादुर बस्नेतले पनि १९ मत ल्याएर सदस्यमा निर्वाचित भएकाछन् । त्यसैगरी माओबादी केन्द्रबाट शुभद्रा भण्डारीले १२ र खिमबहादुर घर्तीले पनि १२ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् । समितिमा नेपाली कांग्रेसका लोकीकुमारी बिश्वकर्माले २० मत ल्याएर सदस्यमा निर्वाचित भएकी छिन् । निर्वाचित पदाधिकारीहरुले बुधवार नै सपथ लिएका छन् ।