दाङ, ३२ साउन । तुलसीपुरमा स्थापना गरिएको मेयर विपद व्यवस्थापन कोषमा यातायात व्यवसायी समितिहरुले १ लाख २२ हजार जम्मा गरेका छन् ।बुधवार तुल सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपमहासचिव सुरेश हमालको नेतृत्वमा नगरपालिकामा पुगेर संयुक्त रुपमा सो रकम वाढी पीडितहरुको सहयोगार्थ जम्मा गरिएको हो ।
यसरी सहयोग गर्नेहरु राप्ती अञ्चल वस व्यवसायी समितिले २५ हजार, राप्ती अञ्चल साना माल वाहक समितिले २१ हजार, तुलसीपुर जिप तथा माइक्रोवस व्यवसायी समितिले २१ हजार, राप्ती अन्चल ट्रक व्यवसायी समितिले २३ हजार, दाङ्ग जिल्ला टे«क्टर व्यवसायी समिति, रोट्रयाक तुलसीपुर सिटीले १६ हजार दुई सय, अम्विकेश्वरी सार्वजनिक राप्ती समितिले २१ हजार रहेको छ । कोष स्थापना भएको दुई दिनमै २ लाख ४३ हजार ८ सय ५१ रकम जम्मा भएको छ ।