तुलसीपुर ,  २९साउन । तुलसीपुर उपमहानगरपालिकाले वाढी पीडितलाई उनीहरुकै थलोमा गएर राहत वितरण गरेको छ । वाढी आएको २४ घन्टा पनि नवित्दै उपमहानगरले यो पहल कदमी लिएको हो । वडा नम्वर १३ का वाढी पीडितहरुलाई मेयर घनश्याम पाण्डेले रातको समयमा भएपनि उनीहरुकै थलोमा पुगेर राहत वितरण गर्नुभएको हो ।

badhi 3

पीडितहरुलाई खानको समस्या नहोस् भन्नका लागि चामल, दाल, तेल, चाउचाउ ,च्युरा, नुन, वेसार लगायतका खाद्यान्न र भाडाकुडा वितरण गरिएको हो । दमारगाउँ र रनियापुरका वाढीपीडितहरुले समयमै सहयोग पाउदा पीडामा निकै राहतको महसुस गरेका थिए । ‘केटा केटीलाई कसरी सन्ताउने भन्ने लागेको थियो , मेयर सापले राहत वितरण गरेपछि खुसी लागेको छ’ दमारगाउँका वाढीपीडित नन्दाराम विकले वताए ।

त्यसैगरि रनियापुरका वाढीपीडितलाई पनि सोही ठाउँमा पुगेर राहत वितरण गरिएको थियो । रातको समय भएपनि वाढीपीडितहरु राहतको पर्खाईमा वसेका थिए । राहत वितरण गर्दै मेयर पाण्डेले थप राहतका लागि तत्काल पहल गर्ने पनि वताउदै भन्नुभयो ‘यो समस्याको दिर्घकालिन समाधानका लागि सुरक्षित वसोवासको व्यवस्था मिलाउन पहल गर्नेछु ’ उहाँले वाढीपीडितको तथ्यांक तत्काल निकाल्न वडाका जनप्रतिनिधि प्रहरीलाई निर्देशन समेत दिनुभएको छ ।

यसैगरि उपमहानगरका अन्य वाढीपीडितलाई पनि तत्काल राहत वितरण गरिने उहाँले वताउनुभएको छ। राहत वितरण कार्यक्रममा उप मेयर माया आचार्य र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतको पनि संलग्नता रहेको थियो । यसैविच तुलसीपुर उपमहानगरपालिकाले वाढीवाट मृत्यु भएकी भगवति सुनारका परिवारलाई तत्काल किरिया खर्च स्वरुप रु १० हजार उपलब्ध गराउनु भएको थियो ।