इन्द्रेणी संवाददाता
दाङ २९ , साउन आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका उद्योग उपाध्यक्ष पदका उम्मेदवार बसन्त जोशीले आफ्नो उम्मेद्वारी उद्योग प्रबर्धनका लागि भएको बताएका छन् ।
करिब २१ बर्ष ब्यापारमा बिताएका ३९ बर्षीय जोशीले व्यवसायीक सुरक्षा , बजार व्यवस्थित गरी व्यापार व्यवसाय विस्तार गर्नुका साथै व्यापारीमा पर्ने कर भ्याट र अन्डरविलिङको समस्या सुधार गर्नका लागी आफ्नो उम्मेद्वारी भएको बताए ।
व्यावसायीक हितका लागी कटिबद्ध जोशीले भन्छन नेता बन्नकै लागि फम दर्ता गरेर झोलामा राख्ने उम्मेदवार भन्दा स्थायी रुपमा ब्याबसाय गर्ने ब्याबसायी लाई चुनाव जिताए उ खास ब्याबसायीको हक हितका लागि डटेर लाग्छ । त्यसैले मैले चुनाव जिते झोले फर्मलाई व्यवस्थित गर्नेछु । भन्सारबाट हुने चुहावट नियन्त्रण गर्नेछु । हाट बजारको व्यवस्थापन गर्नेछु । कर भ्याटको समस्यामा सुधार ल्याउने छु । यसका लागि सबैको साथ चाहिएको छ ।