दाङ २८ साउन । विधिवत रुपमा २०६२ सालदेखि व्यवसाय सञ्चालन गर्दै आउनुभएका पिताम्बर शर्माले घोराहीमा पिएस एण्ड ब्रदर्श मोटर्स पार्टस् व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । विभिन्न सामाजिक संघस्थामा क्रियाशील शर्माले दाङ जिल्ला उद्योग बाणिज्य संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहनुभएको छ । नेपाल राष्ट्रिय वाणिज्य संघको सदस्यसमेत रहनुभएका शर्मा त्रिभुवन नगर जेसिजको सदस्य, स्टार बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्ष, पानस सामाजिक उद्यमीको सदस्यसमेत रहेर काम गरिरहनुभएको छ ।

Pitambar sharma

उद्योग वाणिज्य संघका विभिन्न जिम्मेवारी लिएर काम गर्नुभएका शर्माले पहिलो पटक आफुलाई संघको सदस्य पदका लागि प्रतिष्पर्धामा रहेको बताउनुभयो । विएसम्म अध्ययन गर्नुभएका शर्माले नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यता लिनुभएको छ । विशेषगरी शर्माले वैकल्पिक ऊर्जासम्बन्धी व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।