दाङ २८ साउन । हेमन्ती पुन मगर दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलका तर्फबाट महिला सदस्यमा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । श्रीमान् सँगसँगै घोराहीमा मौसमी होटल र मौसमी ग्रील उद्योगको सञ्चालन गरिरहेकी हेमन्ती निडर, हक्की र सशक्त उम्मेदवार हुनुहुन्छ । सौडियारमा बस्दा किराना पसल तथा विभिन्न महिला समूहमा बसेर काम गरेको अनुभवसँगै लामो समय घोराहीमा होटल सञ्चालन गरिरहनुभएकी उहाँ साना लगानीका उद्योगी व्यवसायीको हक हितलाई विशेष प्राथमिकताका उठाउने बताउनुहुन्छ ।

20746207_107800643273076_7591896666779157914_o

२०५२ सालदेखिको मौसमी ग्रील उद्योग र २०६५ सालदेखिको मौसमी होटल सञ्चालन गरिरहँदा उहाँले संघको सदस्य पदमा रहेर काम गर्न सक्ने ल्याकत राख्नुभएको छ । सामान्य लेखपढ गर्ने हेमन्ती पुनले व्यवसायीहरुले आफुलाई भोट दिएर जिताउने विश्वास व्यक्त गर्नुहुन्छ । व्यावसायिक क्षेत्रमा महिलाहरुले सित्तिमित्ती आँट नगर्ने अवस्था अझैं पनि रहेकाले आफूले महिलाहरुलाई सक्षम, आत्मनिर्भर बनाउँदै उनीहरुको उत्साह र आँट अभिवृद्धि गर्न विशेष पहल गर्ने बताउनुहुन्छ ।