तुलसीपुर २८ ,  साउन  । अविरल वर्षापछि आएको वाढी प्रभावितहरुको उद्दारका लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तत्काल पहल लिएका छन् । उनले विहानैदेखि पीडितका घरमा पुगेर उनीहरुलाई उद्दारका लागि पहल गर्नुका साथै उनीहरुको अवस्था पनि वुझेका छन् ।

ghanashyam pandeya

तुलसीपुर उपमहानगरपालिका १३ फुलवारीमा वाढीका कारण जान नसकिएपनि अन्य प्रभावित ठाउँमा भने आफै पुगेर उनले उद्दार कार्यलाई तिव्रता दिएका छन् । फुलवारीमा ज्यान गुमाएकी महिलाप्रति दुख व्यक्त गर्दै मेयर पाण्डेले तत्काल त्यस ठाउँमा उद्दार टोली परिचालन गरिसकेको वताएका छन् । साथै पीडितका लागि राहत घोषणा गन पनि वताएका छन् ।

यसका साथै जोखिमपुर्ण अवस्थामा रहेका वाढी पीडितहरुका समस्या फोनबाटै व्यक्त गर्नका लागि उनले सार्वजनिक अपील गरेका छन् । उनले आफ्नो ९८५७८२३८८५ र कार्यकारी अधिकृत टोपेन्द्र केसीको ९८५७८२९१११ नम्वरमा फोन गर्नका लागि आह्वान गरेका हुन् । ‘फोनबाट विभिन्न ठाउँको जानकारी प्राप्त भइसकेको छ , आवश्यकता अनुसार तत्काल उद्दार पनि भइरहेको छ’ पाण्डेले भने ।