दाङ २८ साउन । गयराती बाट लगातार भएको बर्षाका कारण आएको बाढिले बगाउँदा दाङमा एकजनाको ज्यान गएको छ । तुलसीपुरको तुइसोतामा आज बिहानै आएको बाढीले घर बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ कि भगवती सुनारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङ का डिएसपी भुवनेश्वर तिवारीले जानकारी दिए । घर बगाउँदा घर संगै बगेकी सुनारको घर भन्दा केहि तल शव फेला परेको थियो । त्यस्तै बाढिले बगाउँदा अन्य २ जना सामान्य घाइते भएका छन् ।
