परासी २७ साउन । यतिबेला देशलाई सक्षम नागरिकको खाँचो रहेको सरकारी सरसफाईका दुत सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् । नवलपरासीको बर्दघाटमा बैक अफ काठमाण्डु लिमिटेडले आयोजना गरेको बजार सरसफाई तथा मनोरञ्जनात्मक कार्यक्रममा बोल्दै सामाजिक अभियानता तथा चर्चित हास्य कलाकार धुरमुसले नेपाललाई विश्वमा नमुना देश बनाउन सबै युवाहरु एकजुट भएर सामाजिक अभियन्ता बन्न आग्रह गरे ।

dhurmus

नेपालका तीनवटा नमुना बस्तीहरुको सुन्दरता र स्वच्छ वातावरणले देशमा गौरवता बढने भन्दै धुर्मुसले ५ अर्वको लगानीमा अब अर्काे नमुना वस्तीहरु निमार्णमा हामी सबै लागी परेको बताए । यस महाअभियानमा नेपाल सरकार, र विभिन्न सामाजिक संघ संस्था र युवाहरुको सहयोग र साथ रहने अपेक्षा समेत जाहेर गरे । धुर्मु सुन्तली फाउण्डेशले विगतका निर्माण गरेका ग्रिन बस्तीहरुमा सबैको सहयोग रहेजस्तै यस महाअभियानमा पनि सबैको सहयोग र साथको अपेक्षा राखेको धुर्मुसले बताए ।

बर्दघाटमा भएको सरसफाई कार्यक्रममा बैंक अफ काडमाण्डुको ऋण शाखा प्रंमुख गणेश लम्सालले बैकअफ काडमाण्डुले संचालन गरेको सरसफाई अभियना पश्चिमको अत्तरीया, कोहलपुर, तुल्सीपुर हुदै अहिले नवलपरासीको बर्दघाटमा आएको जानकारी दिए । ऋण शाखा प्रंमुख लम्सालले भने वैंकले महिलाहरुका लागि सिपमुलक र कृषिका लागि १० हजार देखि २ लाख सम्मको सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने विषेश योजना ल्याएको बताए । एक घर एक खाता अभियान स्वरुप सबैलाई वित्तिय पहुचमा ल्याउने बैकको योजना पनि रहेको उनले बताए । देशभरी कुल ४० जिल्लामा ७५ वटा बंैकको शाखा रहेको यस बैक अफ काठमाण्डुको चुक्ता पुजी कुल करिब ६ अर्ब रहेको उनले बताए ।

कार्यक्रममा हास्य कलाकार तथा सााजिक अभियानता सिताराम कट्टेल (धुर्मुस) , पल्पसा डंगोल, सुरविर पंडित लगाएतको उपस्थिती रहेको थियो । मनोरञ्जनात्मक कार्यक्रम गर्नु अघि नगरका सम्पूर्ण संघ सस्था तथा ब्यापारीहरुको सक्रियतामा बजारको फोहर सफागर्ने काम समेत गरीएको थियो ।