वपीडी सेवा बन्द , अस्पताल परीसरमा निशुल्क चेकजाच 

चेतन रेग्मी

तुलसीपुर २७ साउन  । डा. गोविन्द केसीको समर्थनमा दाङ सहीत देशभरका सरकारी चिकित्सक आन्दोलनमा उत्रेका छन् । राप्ती अंचल अस्पताल दाङका चीकत्सकहरुले वपीडी सेवा बन्दगरी आन्दोलनमा उत्रीएका छन । चीकत्सकहरुले बिरामीहरुको सेवालाइ मध्यनजरगरी अस्पताल परीसरमा नीसुल्क चेकजाच गरेका छन ।

आफुहरुको आन्दोलनबाट बिरामीहरुलाइ पर्नजाने मर्कालाई मध्यनजर गर्दै अस्पताल अगाडी चौरमा नीसुल्क रुपमा चेकजाच गरीएको अस्पतालका मेडीकल सुपरीडेन्डेन डा बिनोद सींङले बताउनुभयो ।

उहाले सरकारले डा. केसीको माग पुरा नगरे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिनुभयो । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको जीवन रक्षाका लागी आन्दोलन रोज्नुपरेको उहाको भनाई छ ।

यसअघी साउन १८ गतेदेखी आबासीय चीकीत्सकहरुले इमरजेन्सी बाहेक सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रीएका छन । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको चीकीत्सकहरुले आरोप लगाएका छन । चीकीत्सकहरुको आन्दोलनका कारण बिरामीहरु भने मर्कामा परेका छन ।