दाङ २६ साउन । देशमा जहानियाँ निरंकुस सासन व्यबस्थाको अन्त्य गर्दै गणतन्त्र स्थापित गर्ने उद्देश्यले भर्खरै जनयुद्ध सुरुभएको थियो । रुकुम नाम उच्चारण गर्दा पनि जिरिङ्ग काँडा फुल्थे शरीरमा । जताततै बम बारुदका आवाज सुनिन्थे । भर्खरका जवान देख्यो कि राज्य र बिद्रोही दुवै थरिको आँखी भइन्थ्यो ।
तर भर्खर जुँगाका रेखी बसेका उनले भर्खरै एसएलसी पास गरेका थिए । उच्च शिक्षा पढ्ने औधी चाहाना रुकुममा कुनै विकल्प थिएन । चाहाना पुरा गर्न जिल्ला छोड्नै पर्थ्यो । त्यसैले २०५२ मङ्सिरको चिसो सिरेटो संगै छड्के झोला बोकेर घर छोडे उनले । करिब २ हप्ता लाएर पोखरा पुगेर क्याम्पस भर्ना भएका उनले प्रबिनता प्रमाणपत्र तह त्यहि बाट उतिर्ण गरे ।
फेरी फर्के जन्मथलो रुकुम गोठालाको ब्याथा उस्तै त हो । त्यस्तै २०५८ कुनै बेला उनी नुनका ढाकर बोकेर दाङ रुकुम गर्थे । लगातार १५/१६ दिनको पैदल हिंड्नु पथ्र्यो । अहिले त्यही बाटोमा उनी चिल्लो कारमा ओहरदोर गर्छन् । संझदा उनलाई चमत्कार जस्तो लाग्छ ।
उनी अर्थात् महेन्द्र बुढाथोकी रुकुमको पहाडी ग्रामीण परिवेशमा जन्मे हुर्केका गोठाला छोरा हुन् । केटौले उमेरमा उनले घाँस, दाउरा, खनजोत, घर गोठ सबै दुःख झेलेका छन् । यही दुःखले नै अहिले उनलाई सफल व्यवसायी बनाएको छ ।
उनी दाङमा एक प्रतिष्ठित युवा व्यवसायीको रुपमा चिनिन्छन् । विगत ६ वर्षदेखि उनले घोराहीमा एम। डिएसपोल्ट्री सोलुशन संचालन गर्दै आएका छन् । कुखुराको चल्ला, दाना, औषधी, जिउँदो कुखुरा उनको मुख्य व्यापार हो । त्यहीँबाट उनले किसानलाई कुखुरा व्यवसाय सम्बन्धी प्राविधिक परामर्श सेवा पनि उपलब्ध गराएका छन् ।
दिनरातको कडा मिहेनत र व्यावसायिक कौशलताका कारण उनले छोटो समयमा उत्साहजनक प्रगति गरेका छन् । उनको व्यवसाय दाङ हुँदै रोल्पा, रुकुम र सल्यानसम्म फैलिएको छ ।
विसं२०३४ साल बैसाख १२ गते बुवा ऐजन बुढाथोकी र आमा महिमा बुढाथोकीको कोखबाट रुकुमको प्वाङ गाविस ८ कुचीबाङमा जन्मेका महेन्द्रले पोखराको पीएन क्याम्पसबाट प्रवीणता उत्तीर्ण गरेका हुन् । स्नातक तहको अध्ययन चाहीँ उनले दाङको महेन्द्र बहुमुखी क्याम्पसमाबाट पूरा गरे । अध्ययनलाई अगाडि बढाउने क्रममा उनी मास्टर डिग्रीका लागि काठमाडौं पुगे ।
आर्थिक अवस्था कमजोर थियो । काठमाडौंमा अध्ययन गर्दै गर्दा उनले वैदेशिक रोजगारमा जाने योजना बनाए । तर जण्डिस भएपछि उनको यो योजना अधुरो रह्यो । उनी दाङ फर्किए र होटल दाङभ्यालीको मेनेजर बने । करिब पाँच वर्ष उनले त्यहीँ गुजारे ।
केही वर्षपछि उनी मकालु पोल्ट्री फर्ममा सहलेखापाल भए र पछि उनले यही फर्म आफैले सम्हाले । अहिले यो फर्म एम डिएसपोल्ट्री सोलुशन रुपमा स्थापित छ । यसैले उनलाई छोटो समयमा कार चढ्ने हैसियतमा पु¥यायो ।
कुनै मानिसको जिन्दगीमा सबै संयोगहरु गजबले जुट्छन । त्यस्ता थोरै भाग्यशाली मान्छेभित्र पर्छन् महेन्द्र बुढाथोकी पनि । उनले थोरै समयमा धेरै चीज कमाए पैसा, सामाजिक प्रतिष्ठा, मित्र, सहयोगीहरु सबै एकसाथ जुट्यो उनलाई । यसमा उनलाई उनकी जीवन साथी दिलु मल्ल बुढाथोकीले निकै ठूलो साथ, हौसला र प्रेरणा दिएकी छिन् । उनी पनि महेन्द्रसंगै दिनरात व्यवसाय प्रवद्र्धनमा जुटेकी हुन्छिन् ।
जोश, जाँगर र श्रम भए जहाँ बसेर पनि प्रगति गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् महेन्द्र । उनले आफ्नो जीवनस्तर मात्र उकासेका छैनन् धेरैलाई रोजगार समेत दिएका छन् । सामाजिक कार्यमा पनि उनी सधैं अग्रसर हुन्छन् । संकटमा परेकाहरुलाई उनी मन खोलेर सहयोग गर्छन् । जिल्लामा संचालन हुने प्रायः सबै अभियानहरुमा उनी सधैं सहभागी हुने गर्छन् । उद्धार गर्नु मानवीय धर्म हो भन्ने उनको धारणा छ । ‘मलाई सामजिक काम गर्न निकै आनन्द लाग्छ ।’ प्रतिष्ठित व्यवसायी महेन्द्रले भने ‘म बाँचुञ्जेल समाजको सेवा गरिरहनेछु ।’
