साउन २६, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले साउदी अरेबियाको मक्का मदिनामा जान लागेका हजयात्रीहरुलाई बिदाई गर्नुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री शर्माले हज यात्रीहरुलाई बिदाई गर्नुभएको छ ।

jn sharma

एयर अरेबियाको विमान मार्फंत बिहीबार १३० जना मुस्लिम समुदायका हजयात्रीहरु साउदी अरेबियातर्फ लागेका छन् । गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रिय हज समितीले जानकारी दिएको छ । कुल संख्या मध्ये १० जना प्रीतनिधिमण्डलका सदस्यहरु रहनेछन् । हज समितीले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछी नेपाल फर्कनेछन् ।

IMG_8182