विराटनगर, २३ साउन । आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणका दोषीलाई कारबाही गरेरै छोड्ने बताएका छन् ।
सोमबार प्रेस सेन्टर मोरङले आयोजना गरेको बधाई तथा अन्तरसंबाद कार्याक्रममा बोल्दै मन्त्री मण्डलले निगमको जग्गा लामो डिजाइन अन्र्तगत कानुनी कागजात पुरा गरि खरिद गरेको पाइएकोले दोषीलाई कारबाही गर्न आफु पुर्ण अनुसन्धानमा जुटेको बताएका छन् ।
‘जग्गा खरिदमा अनियमितता भएको पक्का हो भन्ने भइसकेको छ, तर डिजाइन गरेर कानुनी प्रकृया सबै पुरा गरेकोले दोषी पत्ता लागिसकेको छैन । अनुसन्धान प्रतिबेदनका आधारमा अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाही गर्छु कुनै शक्तिसँग झुक्दिन’, उनले भने ।
